अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेश भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई बोलायो
काठमाडौं, २६ पुस । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाएको छ ।
प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको हो ।
आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।