प्रधानमन्त्री ओलीसँग कमल थापाले गरे भेट
काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान भएको भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
उक्त भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जानकारी गराएको छ ।
थापाले २०८७ मा संविधान संसोधनबारे राखेको जिज्ञासलाई स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।
संसदमा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रिया पछि धकेलिन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयले जनाएको छ ।
पछिल्लो समय देश गम्भीर संकटबाट गुज्रिरहेको बारे थापाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका अध्यक्ष थापाको सचिवालयले जनाएको छ ।