राष्ट्रपति भेट्न मन्त्रीसहित शितल निवास पुगे प्रधानमन्त्री ओली
काठमाडौं, २६ पुस । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।
आज (शुक्रवार) राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रमममा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
त्यसअवसरमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालसहित सहभागी भएका थिए ।