रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौं थुनछेक बहस हुने भएको छ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन्।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
जिल्ला अदालत कास्कीका न्यायाधीश राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका थिए ।
काठमाडौं जिल्ला अदालतमा उनी आफैं उपस्थित हुने सर्तमा उनलाई परिवारको जिम्मा लगाइएको थियो ।