सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

सर्वोत्तम सिमेन्टको साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं, २८ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका, भैरहवास्थित होटल सिद्धार्थ भिलासामा मिति २०८१ माघ २६ गते साधारण सभा सम्पन्न भएको हो । 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि स्वीकृत भएको छ।

सभाले कम्पनीका सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ७५ का दरले रु ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र ३५ का दरले रु १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो।

यस निर्णयले कम्पनीका सेयरधनीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। सभामा कम्पनीका सञ्चालक, सेयरधनी, तथा उच्च व्यवस्थापनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै नेपाली निर्माण उद्योगमा आफ्नो प्रमुख स्थान बनाएको सर्वोत्तम सिमेन्ट लिमिटेडले जनाएको छ । कम्पनीले आगामी दिनमा थप उन्नति गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यो वार्षिक साधारण सभाले कम्पनीको आर्थिक स्थायित्व र पारदर्शितालाई बलियो बनाउने उद्देश्यमा टेवा पुर्‍याएको बताइएको छ ।