साल्ट टेडिङ्ग कर्पोरेशनको १० प्रतिशत लाभांश घोषणा
काठमाडौं, २८ पुस । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।
उक्त लाभांश कर्पोरेशन आगामी बर्षको साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीले पाउनेछन् ।