नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ, २८ पुस । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुने नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ ।