बढ्यो शेयर धितो कर्जा, ५ महिनामा करिब १८ अर्ब प्रवाह

बढ्यो शेयर धितो कर्जा, ५ महिनामा करिब १८ अर्ब प्रवाह

काठमाडौं, २८ पुस । बैंक तथा वित्तीय संस्थाहरूबाट चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म प्रवाह हुने सेयर धितो कर्जा १९.८ प्रतिशतले वृद्धि भएको छ। गत असारको तुलनामा मंसिरसम्म १९.८ प्रतिशतले सेयर धितो कर्जा प्रवाह दर बढेको हो । 

मंसिरसम्म बैंकहरुबाट झण्डै १८ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 
चालु आर्थिक वर्षको १ महिनामा बैंकहरुबाट १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ ।

गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो । यसरी हिसाब गर्दाखेरी चालु आर्थिक वर्षको ५ महिनामा बैंकहरुबाट थप १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा गएको देखिन्छ । 

कात्तिकसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ । गत असारसम्मको तुलनामा यो रेन्जको कर्जाको माग २७.३ प्रतिशतले बढेको देखिएको छ ।

मंसिरसम्मको अवधिमा बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको कर्जा १३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १५ अर्ब २७ करोड ९८ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको कर्जा ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ गएको जनाइएको छ ।