नागपोखरीमा डोङफेङ नामीको नयाँ अत्याधुनिक शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा
काठमाडौं, २८ पुस । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नक्सालस्थित नागपोखरीमा अत्याधुनिक नयाँ शोरुम स्थापना गरेको छ ।
नयाँ शोरुम उद्घाटन भएसँगै नामीले सीमित समयका लागि अफरसहित मेगा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।
नयाँ शोरूममा ११ देखि १६ जनवरीसम्म आयोजना हुने मेगा टेस्ट ड्राइभ क्याम्पमा सम्भावित ग्राहकलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
एमएडब्ल्यू वृद्धिका अनुसार, ग्राहकले ‘नाउ अर नेभर’ मेगा अफरबाट ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट पाउने छन् । यसबाहेक गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निस्शुल्क नाइट स्टे गर्न पाउनेछन् । साथै ग्राहकले पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।
कम्पनीका अनुसार, सुरुवातको एक महिना भित्रै नामीले ४०० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेका छन् भने यसले नेपाली बजारमा नामीको बलियो माग रहेको देखाउने कम्पनीले विश्वास लिएको जनाएको छ ।
नयाँ शोरुम उद्घाटन कार्यक्रममा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया, एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायतको उपस्थिति रहेको थियो ।
एमएडब्ल्यू वृद्धिका अध्यक्ष अग्रवालले नेपालमा अत्याधुनिक शोरूम खोल्न पाउँदा खुसी लागेको भन्दै यसले बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा विश्वस्त रहेको प्रतिक्रिया जनाए ।