ज्योति क्यापिटलको नगद लाभांश वितरण प्रस्ताव पारित

ज्योति क्यापिटलको नगद लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं, २८ पुस । ज्योति क्यापिटलको दोस्रो वार्षिक साधारणसभाबाट सेयरधनीलाई दिने नगद लाभांश पारित भएको छ । सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । त्यस्तै, चालू आवका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुईजना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन पनि गरेको छ ।