सिटिजन्स बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी सहयोग

काठमाडौं, २९ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार को निम्ति लामो समय देखि निरन्तर रुपमा काम गर्दै आएको संंस्थासँगको सहकार्यमा उक्त सहयोग उपलब्ध गराएको हो । 

मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिबिहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपालद्वारा अयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनहरुलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको जनाएको छ । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरुको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बताएको छ । 

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकि ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनाएको छ ।