मल्टीपर्पस फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, २९ पुस । मल्टीपर्पस फाइनान्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पौष २८ गते आइतबार वित्तीय संस्थाका अध्यक्ष चन्दन अग्रवालको अध्यक्षतामा संस्थाको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा साधारणसभा सम्पन्न भएको हो ।
उक्त साधारण साभले अध्यक्ष चन्दन अग्रवालद्वारा प्रस्तुत वित्तीय संस्थाको २७ औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको बार्षिक वित्तीय विवरण आ.ब.२०८०/८१ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धी प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको बताइएको छ ।