चीनमा टेस्ला मोडल वाईको बढ्दो क्रेज, एकैदिन ५० हजार बुकिङ

चीनमा टेस्ला मोडल वाईको बढ्दो क्रेज, एकैदिन ५० हजार बुकिङ

काठमाडौं, २९ पुस । अमेरिकी ब्राण्ड टेस्लाले मोडल वाईको फेसलिफ्ट मोडलको बुकिङ खुला गरेकै दिन ५० हजार युनिट बुकिङ पाएको छ ।  

जनवरी १० मा बुकिङ खुलेको मोडल वाईको फेसलिफ्ट मोडलले पहिलो दिननै ५० हजार बुकिङ पाएको चिनियाँ अटो ब्लगर झाङ सान जेआइएओले जानकारी दिएको छ । 

अमेरिकी निर्माताको लागि चीन सबैभन्दा ठूलो बजार हो । गतवर्ष पनि टेस्लाले सबैभन्दा धेरै कार चीनमै बिक्री गरेको थियो । चीनमा टेस्लाले वार्षिक ६ लाख ५० हजार युनिटभन्दा बढी कार बिक्री गर्दै आएको छ ।

टेस्लाले चिनियाँ बजारमा दुई भेरियन्टमा मोडल वाई जुनिपर लन्च गरेको हो । यसको दुई भेरियन्टको मूल्य क्रमशः ३५ हजार ९०५ र ४१ हजार ४०० डलर तोकिएको छ । टेस्ला मोडल वाई कम्पनीको वेस्ट सेलिङ मोडल हो ।