माओवादी पदाधिकारी बैठक सर्यो
काठमाडौं, २९ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।
सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने उनले बताए । ‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्यो, बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ।’ सचिव पौडेलले भने ।
पछिल्लो पटक बसेको केन्द्रीय समिति बैठकपछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।