नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख ४३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं, २९ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।