चीनले नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने
काठमाडौं, २९ पुस । चीनले २०७२ यता नेपाललाई १२ अर्ब ४ करोड अनुदान दिने घोषणा गरेको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा यस्तो जानकारी दिएकी हुन् ।
उनका बैठकमा भनिन्, ‘चीन सरकारका तर्फबाट वि।सं। २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब ने. रू. २ अर्ब ७० करोड) का अतिरिक्त राष्ट्रपति सी चिनफिङद्वारा थप अनुदान आरएमबी ५०० मिलियन (करिब ने.रू. ९ अर्ब ३४ करोड) घोषणा भएको छ’ समितिको बैठकमा प्रस्तुत विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले गत मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले करिब ९ अर्ब ३४ करोड रुपैयाँ थप अनुदान दिने घोषणा गरेको परराष्ट्रमन्त्री राणाले बताइन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री राणालाई डाँकेको हो ।
मन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणमा सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको र उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश बताएकी छन् ।
सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाउने, दुई देशबीच सम्पन्न सम्झौता समझदारीहरूको कार्यान्वयनलाई थप गति दिने, उच्चस्तरीय आदान–प्रदान कायम राखे, आपसी विश्वासलाई सुदृढ बनाई द्विपक्षीय हितका लागि सहकार्य विस्तार गर्ने लगायतका विषय उल्लेख छ ।
यसैबीच परराष्ट्र मन्त्री देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेका दावी गरेकी छिन् । बआज अन्तर्राष्ट्रिय सम्बन्ध समितको बैठकमा बोल्दै उनले कञ्चनपुरका जोशी जीवित रहेका र फर्केर आउने बताएकी हुन् । मन्त्री राणाले विपिनको रिहाइका लागि कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको पनि जानकारी गराइन् ।