लुम्बिनी बिकास बैंकद्वारा छात्रा बिद्यालयलाई सेनिटरी प्याड मेसिन सहयोग

लुम्बिनी बिकास बैंकद्वारा छात्रा बिद्यालयलाई सेनिटरी प्याड मेसिन सहयोग

रौतहट,  २९ पुस । लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले जिल्लाको राजपुर नगरपालिकाको बैरियामाअवस्थित जामिया जुबैरिया गल्र्स स्कुलमा  अध्ययनरत करिव ६०० छात्राहरुको स्वस्थ्यलाई ध्यानमा राखी सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।  बैंकले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा अन्तर्गत बिद्यालयको वार्षिकोत्सब अवसर पारेर हस्तान्तरण गरेको जनाएको छ ।  

बैंकको तर्फबाट  शाखा प्रवन्धक सुबोध कोइरालाले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष  रियाजुल हकलाई हस्तान्तरण गरेका थिए । त्यसअवसरमा बिद्यालय ब्यवस्थापन समितिका  पदाधिकारी , बिद्यालयका प्रधानध्यापक , समाजका बौद्धिक व्यक्तित्व, अभिभावक, शिक्षक शिक्षिका, बिद्यालयमा अध्ययनरत  छात्राहरु लगायत बैंकको सहायक शाखा प्रमुख प्रविण कुमार सिंहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ब्यवस्थापन समिति अध्यक्ष हकले  बिद्यालयको आग्रहलाई सहर्ष स्वीकार गरि सहयोग गरिएको भन्दै बैंकप्रति आभर प्रकट गरे । त्यस्तै, प्रध्यानाध्यापकले छात्राहरुको स्वास्थ्यलाई ख्यालमा राखी सेनीटरी प्याड भेन्डिङ मेसिन जडान गरेर सरहानीय कार्यले महिनावारीको समयमा छात्राहरुको अनुपस्थित हुने समस्या केही हदसम्म कम हुने विश्वास व्यक्त गरे । साथै  लुम्बिनी विकास बैङ्कलाई धन्यवाद व्यक्त गरे ।

साथै बैंकका शाखा प्रमुख सुबोध कोइरालाले बैंकले आर्थिक मात्र नभै सामाजिक कार्य पनि गर्छ भन्ने यो ज्वलन्त उदाहरण रहेको र आगामी दिनमा पनि यस्ता किसिमका सामजिक कार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।  बैंकले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।