रास्वपा सुदूरपश्चिमको सहमहामन्त्रीमा करिश्मा कठरिया चयन
काठमाडौं, २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् ।
रास्वपाको पूर्ण बैठकले २७ र २८ पुसमा धनगढीमा बसेको पार्टीको संशोधित विधानअनुसार कठरियालाई सहमहामन्त्रीमा सर्वसम्मत चयन गरेको हो । यसअघि कठरिया नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय सहसचिव थिइन् ।
सहमहामन्त्री चयन भएकी कठरियाको राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले बताए ।