मुक्तिनाथ विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, १ माघ । मुक्तिनाथ विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक प्रतिवेदन पारित गरेको छ ।
यस्तै, सभाले प्रति कित्ता सय रुपैयाँका दरले १ अर्ब बराबरको मुक्तिनाथ ८.५ प्रतिशत अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको बैंकले जनाएको छ ।
सेयरको जारी प्रक्रिया नियमनकारी निकायको स्वीकृतिपछि अघि बढ्नेछ । सभाले आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र अन्य प्रस्ताव पारित गरेको छ ।