नेशनल लाइफको बाल अमृत- ४ सावधिक बीमालेख योजना, यस्ता छन् विशेषता

नेशनल लाइफको बाल अमृत- ४ सावधिक बीमालेख योजना, यस्ता छन् विशेषता

काठमाडौं, २ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले  बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख सार्वजनिक गरेको छ । 

जुम मिटिङ मार्फत जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु उपस्थितिमा भएको एक विशेष समारोहमा प्रमुख कार्यकारी अधिकृतले उक्त बीमालेखको समुद्घाटन गरेका हुन् ।

उनले विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको उल्लेख गरे । 

यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ बर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ ।​​​​​​​

बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।

यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको जानकारी दिए ।

यस बीमालेखलाई प्रवद्र्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको उनले बताए ।

साथै सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुनसुकै शाखा कार्यालयमा गएर पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।