थाईल्यान्डमा नम्बर वान बन्यो ‘नेटा’

थाईल्यान्डमा नम्बर वान बन्यो ‘नेटा’

काठमाडौं, ३ माघ ।  चिनियाँ अटोमोबाइल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान बनाउन सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिती बलियो बनाउदैँ आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफूँ थप सशक्त बनाएर विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान समेत गरिएको छ । 

नेपालको सन्दर्भमा पनि नेटाको बिक्रि तुलनात्मक रुपमा बढ्दै गैरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुबिधालाई विशेष ध्यानमा राखिदै आएको भनिएको छ । 

नेटा ब्राण्डको नेपालका लागि आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्रि वितरण गर्दै आएको जनाएको छ ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभीएस) चाहनुहुने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ ।

१२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० बाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसमा एकल चार्जमा ३८०ं किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०, ००० किमि वारंटी छ।

नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १, ८०, ००० किमि वारंटीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।