आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल नियुक्त

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल नियुक्त

काठमाडौँ, ३ माघ । आईसीएफसी फाइनान्स लिमिटेडको संचालक समितिले संस्थापक संचालक सुशीलकुमार अर्याललाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको छ।

माघ २ गते बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।

अर्यालको नेतृत्वमा कम्पनीले आगामी दिनमा थप सुदृढ व्यवस्थापन, प्रभावकारी सेवा विस्तार र ग्राहककेन्द्रित नीतिहरू कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष चयनसँगै कम्पनीले वित्तीय स्थायित्व र दीर्घकालीन रणनीतिहरू कार्यान्वयनमा थप योगदान पुर्‍याउने विश्वास लिएको छ।