भेस्पा र अप्रिलियाको एक्टिभेशन कार्यक्रम सम्पन्न
काठमाडौं, ३ माघ । भेस्पा र अप्रिलिया स्कूटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख शहरहरूमा विभिन्न कार्यक्रमहरु सहित भेस्पा र अप्रिलिया स्कूटरको एक्टिभेशन अत्यन्तै सफलतापूर्वक सम्पन्न गरेको छ ।
बागमती प्रदेशका मुख्य शहर चितवन जिल्लाको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्टराइडको आयोजना गरी नारायणगढदेखि गोलाघाटसम्म स्कुटर र्याली, मकवानपुर जिल्लाको हेटौंडामा टेस्टराइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर ¥याली, तथा गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट, कावासोती, कास्की जिल्लाको पोखरा, बाग्लुङ्ग जिल्लाको बाग्लुङ्गजस्ता मुख्य शहरहरुमा टेस्टराइड, तथा पोखरादेखि धाम्पुससम्म स्कुटर ¥यालीको आयोजना गरेको हो ।
साथै लुम्बिनी प्रदेशको बुटवलमा टेस्टराईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर र्यालीको आयोजना गरियो । ग्राहकहरूको उल्लेखनीय सहभागिताका कारण यो योजनाले निकै बृहद रुप लिँदा अपेक्षाभन्दा बढी सफल रह्यो । यसका साथै सो र्याली पुग्ने ठाउँमा राईडर्स समुदायहरुका लागि आकर्षक एवम सहभागितामूलक कार्यक्रमहरु आयोजना पनि गरिएको थियो। डेल्टा समूहले यो अवधीमा ट्राफिक प्रहरीहरुको सहभागितामा विभिन्न कलेजहरुमा सचेतनामूलक कार्यक्रमहरु पनि गरेको थियो ।
यसै सम्बन्धमा कुरा गर्दै डेल्टा अटो कर्पका निर्देशकले भने, ‘हामीले सञ्चालन गरेको यस्तो खालको कार्यक्रमले ग्राहकहरूकोअत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रह्यो । प्रमुख शहरहरूमा ग्राहकहरूको उत्साहजनक सहभागिताले भेस्पा र अप्रिलिया स्कूटरहरूको उत्कृष्टता र विश्वसनीयतामा थप वृद्धि गरेको छ । हामी आगामी दिनहरूमा अझ रोमाञ्चक अफरहरू ल्याउन प्रतिबद्ध छौं ।’
कम्पनीले योजना सफल बनाउन योगदान पुरयाउन सबै ग्राहक, डिलर, र सहकर्मीहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
डेल्टा अटो कर्पले हालसालै हट डिल्स नामक उपभोक्ता योजना पनि ल्याएको थियो जस अन्तर्गत, भेस्पा र अप्रिलिया स्कूटर खरिद गर्ने ग्राहकहरूले तुरुन्तै रू ७,५०० छुटका साथ हुडी, स्कूटर कभर, हेलमेट, र कि रिंगजस्ता आकर्षक उपहार प्राप्त गरेका थिए । साथै, तुरुन्त फाइनान्सको सुविधा र पुरानो स्कूटरसँग नयाँ स्कूटरको एक्सचेन्ज विकल्पले ग्राहकहरूको अनुभवलाई अझ स्मरणीय बनाएको थियो।
भेस्पा र अप्रिलिया स्कूटरका उत्कृष्ट प्रविधि, स्टाइलिश डिजाईन, र उच्च विश्वसनीयताले देशभरका ग्राहकहरूको मन जित्न निरन्तर सफल भइरहेको कम्पनीले जनाएको छ ।