संसद् भवनमा सुरु भयो विपक्षी दलहरूको बैठक
काठमाडौँ, ४ माघ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यकक्षमा बैठक बसिरहेको छ ।
सो बैठकमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी र आम जनता पार्टीका नेता सहभागी भएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको, संसद् अधिवेशन नबोलाइ विभिन्न अध्यादेश ल्याएको लगायतका विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बसेको बताइएको छ ।
बैठकले सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । बैठक सकिएपछि संसद् भवनमा संयुक्त पत्रकार सम्मेलन गर्ने बताइएको छ ।