कोशीका पूर्वमुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा गर्दै संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेको हो।
कन्काई नगरपालिकाको सुरुङ्गा नजिक थापामाथि भएको आक्रमणमा उनको निधारमा चोट लागेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तीमा भनिएको छ, ‘...उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाली कांग्रेस घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीको लागि सरकारसँग माग गर्दछ।’
यस घटनामा थापामाथि हातपात गर्ने दुई जनालाई शनिबार नै पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
आक्रमणस्थलमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवारी साधनसमेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
बिर्तासिटी हस्पिटलमा उपचारपछि थापा निवास फर्किसकेका छन्।