हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस सेयर बाँड्ने

काठमाडौं, ६ माघ ।  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो ।

माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।

बोनस सेयरमा लाग्ने कर भने लगानीकर्ताले स्वयमले भुक्तानी गर्नुपर्ने बताइएको छ । कम्पनीको यो प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।