एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, ८ माघ । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुनेछ । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीका बारेमा समेत छलफल गर्नेछ ।

यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।