सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं, १४ माघ । सिन्धु विकास बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु गरेको छ । २०८१ माघ महिनामा हेटौँडा र पालुङ्गमा रहेका दुई विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिएको हो।
हेटौँडामा स्थित श्री चन्द्रोदय माध्यामिक विद्यालयमा कक्षा ११ र १२ का ८० विद्यार्थीहरूलाई, र पालुङ्ग स्थित श्री जनकल्याण माध्यामिक विद्यालयमा कक्षा ११ र १२ का ६५ विद्यार्थीहरूलाई वित्तीय साक्षरताका विविध पक्षहरूबारे जानकारी दिइएको थियो।
चन्द्रोदय माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ८० विद्यार्थीको उपस्थिति रहेको थियो भने जनकल्याण माध्यामिक विद्यालयका कक्षा ११ तथा १२ का गरी जम्मा ६५ विद्यार्थीको उपस्थिति रहेको थियो ।
बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र रहेको सिन्धु विकास बैंकको जम्मा २६ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
