पोखराको शिव चोकमा खुल्यो कजरियाको नयाँ शोरुम
काठमाडौं, १५ माघ । भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिव चोकमा नयाँ शोरुम शुभारम्भ गरेको छ । धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको २०८१ माघ १३ गतेबाट सञ्चालनमा आएको हो ।
उद्घाटन कार्यक्रममा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको सञ्चालनले उत्साह थपेको बताए ।
‘पोखरा प्रिमियम बजार हो, यहाँ कजरिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ । पोखराका जनताले कजरियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं । यो शोरुमले उच्च गुणस्तरका उत्पादन र सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सङ्केत गर्दछ', उनले भने ।

