एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १५ माघ । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ। बैठक १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ।

बैठकमा संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा रणनीति तय गर्नुका साथै आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा छलफल हुने जनाइएको छ । आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदै छ ।