सिटिजन्स बैंकका ग्राहकलाई बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ, १५ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौंस्थित बाइकर्स क्याफे बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बाइकर्स क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको जनाएको छ ।