महिला टी-२० शृंखला: नेपाललाई नेदरल्याण्ड्सले दियो १४१ रनको लक्ष्य, सीताले लिईन् ५ विकेट
काठमाडौं, २० माघ । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १४० रन बनाएको हो ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सका लागि कप्तान बाबिटे डे लिडेले ४१ रन बनाइन् ।
नेपालका लागि सीता राना मगरले फाइफर लिइन् । उनले एकै ओभरमा ३ विकेटसमेत लिइन् । उनले १७.१, १७.३ र १७.५ ओभरमा ३ विकेट लिएकी थिइन् । साथै, १९.३ र १९.५ ओभरमा पनि विकेट लिइन् ।
मनिषा उपाध्यायले २ तथा कविता जोशी र कप्तान इन्दु बर्माले १–१ विकेट लिइन् ।