टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक, यस्ता छन् विशेषता

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं, २० माघ । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ ।  नेपालका लागि टाटाको एकमात्र आधाकारिक विक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो । 

ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित आएको नेक्सन के–थ्रीमा ३६० डिग्री क्यामरा पनि उपलब्ध छ । यसमा  ९८ किलोवाट क्षमताको मोटर जडान भएर आएको छ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले ठूलो संघर्षकासाथ नयाँ मोडल ल्याइएको जानकारी दिए ।

उनले नयाँ केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैंयाँ रहेको जानकारी दिए । अहिलेको लागि ७.२ किलोवाटको एसी चार्जर गाडीसँगै उपलब्ध गराएको पनि बताए । 

उनले भने,‘हामीले मूल्यको लागि धेरै नै सङघर्ष गर्यौं । बजारमा मूल्य कति होला भनेर धेरैले सोधिरहनुहुन्थ्यो तर एकदमै किफायती मूल्यमा नै सार्वजनिक गरेको छौं । ४८ लाख ९९ हजार तोकेका छौं । यसमा ७.२ किलोवाटको एसी चार्जर उपलब्ध गराएका छौं ।’ रिर्भस चार्जिङको व्यवस्था भएको पनि उनले सुनाए । 

कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ । नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभी भारत एनक्यापमा पाँच स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल भएको पनि कम्पनीले जनाएको छ । 

null