त्रिकोणात्मक टी-२० सिरिज: नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित

त्रिकोणात्मक टी-२० सिरिज: नेपालको लगातार तेस्रो हार, नेदरल्यान्ड्ससँग १५ रनले पराजित

काठमाडौं, २० माघ ।  नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय भोगेको छ । नेदरल्यान्ड्सले नेपाललाई आइतबार १५ रनले पराजित गर्यो । १ सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ८ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि थाइल्यान्डसँग ४ विकेटले हार्न पुगेको थियो । नेदरल्यान्ड्सको ३ खेलमा यो दोस्रो जित हो । आफ्नो अघिल्लो खेलमा डच टोली थाइल्यान्डसँग भने ८ विकेटले पराजित भएको थियो ।

सहभागी टोलीले एकअर्कासँग तीन खेल खेल्ने तालिका छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । थाइल्यान्ड पहिलो दुई खेलमै विजयी रहेको छ ।

नेपालबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बल खेल्दै १ छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बल खेली ४ चौका प्रहार गरी २३, पूजा महतोले १८ बल खेली १ चौका प्रहार गरी १८, कविता जोशीले १५ बल खेली १४ र सीता राना मगरले ६ बल खेली अविजित १० रन बनाइन् ।