गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
![गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/Gandaki_Cabinet_S0qxXlmw9L_9jXWFTYo7z_vjltt795yierjp3twlqd6wrzhieqahyox1ondsrj8xckd8gjcels3zkp1gw7_ZhogZzFt3h_ntvkuxuapwhe4vdj2svz9dzgiawbllcmq8otquqmam7spznu8ehpuefc1rjx.jpg)
काठमाडौं, २१ माघ । गण्डकी प्रदेशमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् ।