अनेरास्ववियुको २४ औं महाधिवेशन १ जेठदेखि
काठमाडौं, २१ माघ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म गर्ने भएको छ ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार, सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।
यसअघि चैतमा निर्धारित महाधिवेशन स्ववियु निर्वाचन चैत ६ गते आयोजना हुने भएकाले सार्नुपरेको अध्यक्ष समिक बडालले बताए ।
अखिल स्थापना दिवसकै अवसर पारेर महाधिवेशनको मिति सारिएको हो । अनेरास्ववियुको स्थापना २०२२ साल जेठ १ गते भएको थियो ।