बुधबार २३ माघ, २०८१

मन्त्रिपरिषद् बैठक बस्ने समय र स्थान परिवर्तन

मन्त्रिपरिषद् बैठक बस्ने समय र स्थान परिवर्तन

काठमाडौं, २१ माघ । सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ। 

यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको छ । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जारी गरेको पछिल्लो सूचना अनुसार मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  बस्नेछ । बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।