बुधबार २३ माघ, २०८१

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ ।

पार्टी अध्यक्ष प्रचण्ड निवासमा सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।

कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् ।