बिहीबार २४ माघ, २०८१

कांग्रेस संसदीय दलको बैठक जारी

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं, २४ माघ । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ ।

संसद भवनको ल्होत्से हलमा जारी बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुनेलगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ । संघीय संसदबाट आज अध्यादेश स्वीकृत गर्ने तयारी छ ।

अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ । आजको बैठकमा गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेको विषयमा पनि छलफल हुने बताइएको छ । सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिने तयारी छ ।