सीवाइसी नेपाल लघुवित्तको नाफा १०४.५९ प्रतिशतले बढ्यो
![सीवाइसी नेपाल लघुवित्तको नाफा १०४.५९ प्रतिशतले बढ्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/cyc-nepal-768x338_uTTE3uaPX1_o0lgbaha2pezyey2pycayynghusuuogbnum0lmywzkdsdyen9iimz1sb47ov_uBoU2JRjkg_guscvw4mm76z9vvu6ocgt3xhkfqjnh4wuwfi80siaocpvgurvzxk50yg4zgs.jpg)
काठमाडौं, २३ माघ । सीवाइसी नेपाल लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्ष २०८१/८२ को पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यो अवधिमा कम्पनीको नाफा १०४.५९ प्रतिशतले बढेर ४ करोड ३१ लख ६२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा संस्थाले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा पनि यसको नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज २ करोड ५३ लाख ९६ हजार रुपैयाँ रिभर्सल भएको छ । चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा रहेको छ ।