सरकारलाई प्रचण्डको प्रश्न- सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
![सरकारलाई प्रचण्डको प्रश्न- सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/1738818685-LBqKi_ZFMe7KbUP4_rlv7gryj47ovijbvbzlxhlgllwmlcd0r4zi4dv5hf1zolsam0rymb7hcwip3_yeVo3mJHxL_zbvnjljenefroofn3d8qdwyj5dhk4xetnt9ifog33qoljilqwybaw1zrj51v.jpg)
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरू ल्याएकोमा आपत्ति जनाएका हुन् ।
‘८ माघमा संसदको बैठक आह्वान गरिएको छ । तर, जम्मा ६ दिनअघि दर्जनौँ ऐन संशोधन गर्ने गरी पाँच-पाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला ३५ वर्षमा कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएछ, एमालेले सातपटक । ३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईंहरू पनि अब विकासको हाजी हुनुभएको हो ?,’ उनले भने ।
रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको उनले बताए ।