सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा अर्को भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, २४ माघ । नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोप भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ । एफ–५ कम्पनीका प्रतिनिधि दिपक आनन्दसँगको मिलेमतोमा ठेक्कापट्टा गरेको र त्यसबापत घुस लिएको आरोप उनीमाथि छ ।
यसअघि अख्तियारले पौडेलमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ ।
