शुक्रबार २५ माघ, २०८१

पाकिस्तान फुटबल संघ निलम्बनमा

पाकिस्तान फुटबल संघ निलम्बनमा

काठमाडौं, २५ माघ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय (फिफा) ले तत्काल लागू हुने गरी पाकिस्तान फुटबल फेडेरेसन (पीएफएप) लाई निलम्बन गरेको छ । 

संशोधित विधान लागू गर्न असफल भएको भन्दै फिफाले पीएफएलाई निलम्बन गरेको हो । पाकिस्तानको फुटबल सामान्य अवस्थामा नफर्केसम्म पीएफएफको निलम्बन कायम रहनेछ ।

फिफा र एएफसीले प्रस्तुत गरेको पीएफएफ विधानलाई पीएफएफको कंग्रेसले अनुमोदन गरेपछि मात्र निलम्बन हटाइने पनि फिफाले जनाएको छ ।

पाकिस्तान फुटबल यसअघि पनि निलम्बनमा परिसकेको छ । फिफाले सन् २०२१ मा पनि पाकिस्तान फुटबललाई निलम्बन गरेको थियो । उक्त निलम्बन सन् २०२२ मा फुकुवा भएको थियो ।

निलम्बनपछि पाकिस्तान फुटबलले अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेको थियो । नयाँ निलम्बनपछि पाकिस्तानले आगामी मार्चदेखि हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल खेल्नेरनखेल्ने अनिश्चित बनेको छ ।