अध्यादेशबारे प्रधानमन्त्री ओली : मतदान गर्ने बेला भएको छैन
![अध्यादेशबारे प्रधानमन्त्री ओली : मतदान गर्ने बेला भएको छैन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kp-sharma-oli_LR4WnMRLEW_4p1z3hxurpnz61jdx2ccgkc4h7widtyvo5mlwp4he9m5euzlcadrw3jvi4rs_zP8QKDqASk_x9mhmspp1820kgnbrkgxkt8lno5iui7hoyx1oxgsoqtyhulxsfwkhppelnmw.jpg)
काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे अहिले मतदान गर्ने बेला नभएको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको छैन,’ प्रधानमन्त्री ओलीले सञ्चारकर्मीको प्रश्नको जवाफमा भनेका छन् ।
सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश ल्याएको थियो ।
तर, यही २४ गते स्थागित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम भने कार्यसूचीमा परेको छैन । स्थगित गर्दा नेताहरूले २७ गतेको सभामा अध्यादेश अगाडि बढ्ने बताएका थिए । तर, आइतबारको दुवै सदनको सम्भावित कार्यसूचीमा अध्यादेश रहेको छैन ।
प्रतिनिधि सभाको बैठक आज डेढ घण्टा ढिलो हुँदा पनि सुरु भएको छैन ।
जहाँ महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यसका अलावा बिभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ ।