एन्फाले चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउने
![एन्फाले चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-china%2520friendly%2520play_sNPZDTx42L_lxj65w6nwpp56b5xhy8gzgcdl1frevmjaoumzg9wzzsloybsnp06x26d6jdu_pYtJymju1Y_snenbk0sa47q1dkiiwcphotrudt6iejmxywgt8wioi8ujibmsiqmpxwjwv1m.jpg)
काठमाडौं, २७ माघ । अखिल नेपाल फुटबल संघले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबिच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी संघले छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको सहयोगमा आगामी फागुन ३ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गर्ने जानकारी दिएका हो ।
यस मैत्रीपूर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबिचको सम्बन्ध विस्तार गर्ने संघले अपेक्षा गरेका छ । संघका अनुसार खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धि अन्य जिम्मेवारी (मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको रहनेछ ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा रहेका छन् । खेलको अनुमानित बजेट रु ३८,९०,००० रहेको संघले जनाएको छ ।