बिहीबार ०१ फागुन, २०८१

टाटा मोटर्सको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो र पन्च इभी’ साट्न सकिने

टाटा मोटर्सको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग ‘टियागो र पन्च इभी’ साट्न सकिने

काठमाडौं, २८ माघ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा, माघ २८ देखि फागुन ३ गतेसम्म (१० फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ ।

यसविशेष अवसरमा टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने छ । यो कार्यक्रम टाटामोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।

‘एक्सचेन्ज विथ लभ’ योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस,एक्सेसरिज,सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स (जडानसहित) हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सो अवसरमा ग्राहकमहानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनु हुन कम्पनीले अनुरोध समेत गरेको छ ।