९७ अर्ब डलरमा च्याटजीपीटी खरिद गर्ने मस्कको प्रस्ताव अस्वीकृत
![९७ अर्ब डलरमा च्याटजीपीटी खरिद गर्ने मस्कको प्रस्ताव अस्वीकृत](https://snowberry.prixacdn.net/media/gallery_folder/open-ai-elon-musk-chatgpt_KUUxyU7e5T_kdwv2puwlyqejm9qdrbzvcmpgancqsoxeznqczv0rmmwmk6bapw7oqyb1sci_BWAdpE7zn0_t0nrnh4ynvrsw18kpxgddsflb6owcqjzhlealwt7aq5crnxx0ais7ihwrg1m.jpg)
अमेरिका, २९ माघ । एलन मस्क नेतृत्वको एक समूहले लोकप्रिय एआई टुल च्याटजीपीटीको प्यारेन्ट कम्पनी ओपनएआई खरिद गर्न प्रस्ताव गरेको छ । मस्क नेतृत्वको समूहले करिब ९७.४ अर्ब डलरमा ओपनएआई खरिदको प्रस्ताव राखेको द इकोनोमिक टाइम्सले जनाएको छ ।
तर मस्क समूहको यो प्रस्ताव ओएनएआईले भने अस्वीकार गरिदिएको समाचारमा उल्लेख छ । ओपनएआईका सीईओ स्याम अल्टम्यानले ट्रम्पको प्रस्ताव अस्वीकार मात्रै गरेका छैनन्, उल्टै ट्विटर (एक्स) नै खरिद गर्ने प्रस्ताव राखेका छन् । उनले भनेका छन्, ‘धन्यवाद, तर तिमी चाहन्छौ भने ९.७४ अर्बमा ट्विटर खरिद गर्छौं ।’z
मस्कले सन् २०२२ मा ४४ अर्ब डलरमाट्विटर खरिद गरेर एक्स बनाएका थिए ।
मिडिया रिपोर्टका अनुसार मस्क र उनको एआई स्टार्टअप एक्सएआई सहितका केही लगानीकर्ताको समूहले ओपनएआईको स्वामित्व लिँदै यसलाई पुनः गैरनाफामुखी कम्पनीको रुपमा चलाउन खोजिरहेको छ । मस्कका कानुनी प्रतिनिधि मार्क टोबेरोफका अनुसार, ओपनएआईलाई यसको परोपकारी उद्देश्यतर्फ फर्काउने उद्देश्यले यो खरिद प्रस्ताव राखिएको थियो । -एजेन्सी