भ्रष्टाचार सूचकाङ्कमा नेपालले पायो ३४ अंक, एक स्थान सुधार गर्दै १०७ औं स्थानमा
![भ्रष्टाचार सूचकाङ्कमा नेपालले पायो ३४ अंक, एक स्थान सुधार गर्दै १०७ औं स्थानमा](https://snowberry.prixacdn.net/media/gallery_folder/TIN-report-1024x653_PasAFiAwU8_5xjyopfp2ywslksi7cxtx2yhnwpybmmyoxviornxdpf0620uye82nkrfgd8h_Kk8zu1mZ2g_9lasqoabun2om5kymgldcf7ifkqjcohtdqxmpadrvhognpxl4hf0n4vr7v6j.jpg)
काठमाडौं, २९ माघ । पछिल्लो पटक भ्रष्ट्राचार सूचकाङ्कमा नेपालले सामान्य सुधार गरेको छ । नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा कायम भएको छ ।
मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई– २०२४ ) मा नेपालले सामान्य सुधार गरेको हो ।
धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो । अहिले १०७ मा परेर एक अंक सुधार गरेको हो ।
नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा.सागरराज शर्माले जानकारी दिए ।