नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न
![नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/nlic_FOhQYgDpk5_8UWVLNs04r_siipg6z0dcizfbrsr8ntkg2dcqh3ecpvjtozonbo6yyntougkbw5nforevek_8QD6KuXCVy_di28oingvdlzxktboyjp2b4fkdud5ltcsvfjrbrgobqg67fraossttksrsdy.jpg)
काठमाडौं, २९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीको सञ्चालक समिति अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा २०८१ माघ २८ गते सोमबार होटल भिष्वा, वीरगन्जमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन पारित गरेको छ ।
यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।
यस्तै सभाले आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारणसभाले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी रु. ८,२०,७९,६६,५५४/– को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १,७२,७९,९२,९५९/– (अक्षेरुपी एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी मात्र) लाभांशको रूपमा प्रदान गर्ने जसमा १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।