यसरी समापन गरियो स्वस्थानी र माधवनारायण व्रत (तस्बिरहरु)

काठमाडौं, ३० माघ । स्वस्थानी र माधवनारायण व्रत आजबाट समाप्त भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् ।
पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गरेका हुन् ।
एक महिनाको व्रत अवधिभर स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने प्रचलन समेत रही आएको छ ।